अस्पताल भर्ना भए ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना

8

काठमाडौं – बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका तीन जना अस्पतालमा भर्ना भएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम अस्पताल भर्ना भएका हुन् ।

आरोपितहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाह प्रोस्टेट र मेरुदण्डको बिरामी छन् भने धर्मप्रसाद गौतम अक्सिजन लिइरहन्छन्। अर्का आरोपित मीनबहादुरले मुटु र रक्तचापसम्बन्धी समस्या रहेको बताएका छन् ।

ब्यूरोले पक्राउ गरेका ७ जनामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसी सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर त्यसैदिन छुटिसकेका छन् ।

तीन जना अस्पताल भर्ना भएपछि कर्मचारी गोपाल कार्की मात्रै अहिले सीआईबीको हिरासतमा रहेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू