रोल्पाको अरेशमा तिजको नाँचगानमा प्रतिबन्ध

6

काठमाडौं – रोल्पाको एउटा वडाले तिजको नाँचगानमा प्रतिबन्ध लगाएको छ । सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यालय अरेशले तिजको नाँचगान गर्नमा प्रतिबन्ध लगाएको हो ।

वडा कार्यालयले शुक्रबार एक सुचना सार्वजनिक गर्दै तिज पर्व भन्दा लामो समय अगाडीनै तिजको नाँचगान गर्दा समाजमा विकृती, विसंगतीको साथै विद्यार्थीको पढाईमा समेत असर पुग्ने भएकोले निषेध गरेको हो ।

श्रावण ३ गते बसेको वडा समितिको वैठकले यस्तो निर्णय गरेको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धनराज रोकाले जानकारी दिए ।

तिजको नाँचगान भदौको १५ गते सम्म नर्गनको लागि वडा कार्यालयले टोल विकास संस्थाहरु, लगाएत सम्पुर्णलाइ आफ्नो टोलहरुमा तिजको नाँचगान गर्न नदिनकाे लागि अनुरोध  गरेकाे छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू