कांग्रेस पदाधिकारी बैठक बस्दै

5

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले मंगलबार अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् ।

केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

साउन २ गतेदेखि काठमाडौंमा जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक विभिन्न निर्णय गर्दै बुधबार बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ ।

एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू