पुल्चोकको मन्त्री निवासमा अब सर्वोच्चका न्यायाधीश बस्ने

4
पुल्चोकस्थित मन्त्री निवासको एक भवन - फाइल फोटो

काठमाडौं – ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।

भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय मन्त्रिपरिषदबाट भएको हो ।

अहिले प्रधानन्यायाधीश बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुले सरकारी निवास पाएका छैनन् । आफ्नो घर हुने न्यायाधीशले मर्मत खर्च र भाडामा बस्नेहरुले घर भाडाको सुविधा नगदमै बुझिरहेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले केही महिनाअघि नै मन्त्रिपरिषदबाट न्यायाधीशको निवासबारे निर्णय भएको र त्यसको जानकारी सर्वोच्च अदालतमा प्राप्त भइसकेको बताए ।

शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू