झापामा डेढ घण्टापछि साम्य बन्यो कैदीबन्दीको आन्दोलन

10

काठमाडौं – भद्रपुरस्थित झापा जिल्ला कारागारमा चम्केको कैदीबन्दीको आन्दोलन प्रहरीको टोलीले शान्त पारेको छ ।

शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

कर्तव्य ज्यान मुद्दाका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा करिब १५ सय कैदीबन्दी उनको पक्षमा एकै पटक आन्दोलित बनेका हुन्।

उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गरेका थिए।

पुरुषतर्फका कैदीबन्दीहरु उत्तेजित बन्दै कारागारको पर्खाल र भवनको छतमा चढेर भाग्न खोज्दा प्रहरीले सात राउन्ड गोली र ५ राउन्ड टेयर ग्यास हवाई फाइरिङ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

कैदीबन्दीहरूले झापा कारागार प्रशासन पक्षको निर्णयविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए। कारागारभित्र लगाइएको आगो भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, कमल लगायतको दमकले नियन्त्रणमा लिएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू