काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । गत बैसाखमा सञ्चालीत कक्षा १२ को नतिजा नआउँदै त्रिवीले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको हो ।
त्रिवीले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।
त्रिवीले यहि साउन २८ देखि भाद्र मसान्तसम्म प्रथम बर्षको आवेदन दिन सकिने गरी सूचना प्रकाशीत गरेको छ ।