काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् । शनिबार बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् ।
उनीसँगै नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि गएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा १०० भन्दा बढीको ज्यान गएको छ । प्रधानमन्त्री दाहालले रुकुमपश्चिमको पनि अवलोकन गर्नेछन् ।