थमन विक हत्या प्रकरण- एमाले सांसद काेइरीलाई सफाइ, ७ जनालाई जन्मकैद,

7
फाइल फोटो

काठमाडौं  – महोत्तरीमा आठ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मीमहतो कोइरीले सफाइ पाएका छन् ।

सांसद कोइरीलाई सफाइ दिएको जिल्ला अदालत महोत्तरीले अन्य सात जनाला भने जन्मकैदको सजाय सुनाएको छ ।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको हत्या भएको थियो । यो मुद्दामा २०७५ साउन २८ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

आज बिहीवार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी स्रेस्तेदार नुतन झाले जानकारी दिए ।

यस प्रकरणमा अभियोग लागेका १९ जना अझै फरार छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू