सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था आउँदैछ – ओली

11

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने बताएका छन् ।

मनोनीत केन्द्रीय सदस्यलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शपथ गराउँदै ओलीले त्यस्तो अवस्था सिर्जना भइरहेको बताएका हुन् ।

नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाँड्ने काम सत्तारूढ गठबन्धनबाट भइरहेको ओलीको भनाइ थियो ।

विद्युत् व्यापार, देशको भूभागको रक्षालगायत विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेबल मात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको पनि ओलीले आरोप लगाए ।

पार्टीभित्र अराजकता र अनुशानहीनता बढ्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले आगामी ०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्षका रूपमा अभियान चलाइने बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू