संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

37
तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । आइतबार (जेठ १७) संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची छ ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस हुनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यसलाई प्रतिनिधिसभामा पेस गर्नेछन् ।

समाचार वर्गहरू