१३ बर्षदेखि अलपत्र तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य शुभारम्भ

35

सिन्धुपाल्चोक – १३ बर्ष भन्दा लामो समय देखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु भएको छ ।

नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडले बत्ति उत्पादन पश्चात सरकारलाई ६२ करोड रुपैँया तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो ।

४ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको तिन किलोमिटर सुरुङ मध्ये दुइ हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

२०८२ साल भित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष लिएर आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सुरुङमा बिस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुवात गरीएको नेशनल हाइड्रो पावर कंम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निमाणर्का लागि स्थानीय तहले गर्नु पर्ने आबश्यक सहयोगको लागि सधै तत्पर रहेको बताउँदै सहज ढङगले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताए ।

यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जिवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपुर्ण भुमिका खेल्ने र राजगारीको समेत अबसर सिर्जना हुँदा युवाहरु विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताइन् ।

आयोजनाबाट मेलम्ची नगरपालिकाको ७, ८, ९, १० र ११ नम्बर वडा प्रत्यक्ष प्रभावित हुने कंम्पनीले जनाएको छ । जलबिद्युत आयोजना निर्माणको लागि प्रति मेगावाट २५ करोड खर्च अनुमान गरेको कंम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङन गरी सार्वजनिक सुनुवाई कार्यक्रम समेत यसअघि नै सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा मेलम्ची स्थित नेपाली सेनाको इन्द्रध्वज गणका सेनानी मधु अधिकारी, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख राजेन्द्र थापामगर, मेलम्ची ७ का वडाअध्यक्ष पासाङ तामाङ, मेलम्ची ९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची १० का वडाध्यक्ष अमृत खनाल, लगायतको उपस्थिती रहेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू