पहिलो बेत भैंसी ब्याए सुत्केरी भत्ता

16
फाइल फोटो

काठमाडौं – गुल्मीको मालिका गाउँपालिकाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता वितरण दिने भएको छ।

गाउँपालिकाको पशुशाखाअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृति कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ। 

सुत्केरी भत्ता प्राप्त गर्न चाहने पशुपालक किसानलाई गाउँपालिका–८ कार्यालयले मंगलबार सातदिने सूचना जारी गर्दै आर्थिक वर्षको साउन १ गतेदेखि ब्याएका भैंसीका किसानलाई निवेदन माग गरिएको छ।  

साउन १ गतेयता ब्याएका भैंसीपालक किसानले निवेदन दिन सक्ने सूचनामा उल्लेख छ। सुत्केरी भत्ता लिन चाहने किसानले निवेदन, वडा कार्यालयको सिफारिस, भैंसी धनीको चेकको फोटोकपी, नागरिकताको प्रतिलिपि, सुत्केरी भैंसीसँगै खिचिएको फोटोलगायतका कागजात माग गरिएको छ।

किसानको घरमै जन्मेको र भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको भनि कम्तीमा तीन जना छिमेकी साक्षी बसेर मुचुल्का गर्नुपर्नेसमेत कार्यालयले जनाएको छ।

वडाध्यक्ष सूर्यबहादुर घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा सुत्केरी भैंसीलाई के कति भत्ता दिने भन्नेबारे भने केही खुलाइएको छैन।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू