संसद बैठक बस्दै, गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने

5
फोटो - रासस;

काठमाडौं – प्रतिनिधिसभाको बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।

संघीय संसद्‌ सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता’ को प्रावधानमाथि सदनमा छलफल गरियोस् र अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री एवम्‌ गृहमन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, उद्यो, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू