सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ को मृत्यु ५२ घाइते

11
फोटो- सामाजिक सञ्जाल

काठमाडौं – दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस दुर्घटना भएको छ ।

बा४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथली नजिकै दुर्घटना भएको हो । उक्त बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ५२ जना घाइते भएका छन् ।

स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू