काठमाडौँ – मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद् गठन भएपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भएपनि सरकारले कानूनबमोजिम भन्दै त्यसलाई गोप्य राख्ने गरेको थियो ।
बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा पुन: संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले संघीय संसद्को प्रतिनिधि सभामा विचाराधीन रहेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
यस्ता छन् बैठकका निर्णय :

