बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन

12

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा बढाएको छैन।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।

यस्तै, अर्थमन्त्री पुनले सेनालाई प्रविधिमत्री पनि बनाइने र राष्ट्रिय सुरक्षा नीतिमा विशेष प्राथमिकतामा राख्दै काम गरिने बताए। यस्तै, उनले रक्षा मन्त्रालयका लागि ५९ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।

उनले जल स्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताए। उनले रानी जमरा सिँचाइ अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिँचाइ सुविधा विस्तार गरिने बताए।

उनले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गरे। उनले मध्य तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिँचाइ सुविधा पुर्‍याउन सुनकोशी मरिण सिँचाइ आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू