इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

23

एजेन्सी/तेहरान – इरानमा आज (बिहीबार) बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा स्थानिय समयअनुसार बिहान ४स्२९ मा भूकम्प गएको इरानी भूगर्भ विभागले जनाएको छ ।

साङगान सहरलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको विभागका अधिकारीहरुलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ ।

अहिलेसम्म भूकम्पले के कति क्षति गर्यो भन्ने कुनै विवरण प्राप्त भएको छैन ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू