राष्ट्रियसभा निर्वाचनका लागि राजपाले उम्मेदवार टुंग्यायो

30

(काठमाडौं) – राष्ट्रिय जनता पार्टी राजपा नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । शनिबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको नाम टुंग्याएको हो ।

राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

त्यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको यादवले जानकारी दिए । राजपाले प्रदेश २ बाट मात्रै राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको पनि उनले जानकारी दिए ।

प्रदेश २ मा खाली हुन लागेका राष्ट्रियसभाका ४ सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन् । दुवै पार्टीले २–२ सिट बाँडेका हुन् ।

समाचार वर्गहरू