यस्ता छन् मन्त्रीपरिषदका आजका निर्णय

8

काठमाडौं – सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धि राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१/०८२, ०८५/०८६ स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल कानुन व्यवसायी ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् ।

सरकारले जापान सरकारबाट मानव संशोधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने करिब ३८ करोड २२ लाख रुपैया बराबरको अनुदान सहायता स्वीकार गर्ने, धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

सरकारका प्रवक्ता मन्त्री शर्माले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, रानीजमरा रेल सिँचाइ आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिका १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको बताइन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू