माओवादी, रास्वपा र समाजवादीले ओलीलाई विश्वासको मत नदिने

39

काठमाडौं – नेकपा माओवादी केन्द्रसहितका तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। माओवादी संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा अध्यक्ष माधव नेपाल र नेकपा अध्यक्ष रवि लामिछानेबीच भएको छलफलले यस्तो निर्णय लिएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार तीन दलले कांग्रेस-एमाले गठबन्धनमाथि शंका जनाएका छन् । ‘यो गठबन्धन स्वार्थमा आधारित भएर बनेको हो। कुनै पनि रूपमा केही न केही भित्री खेल भइरहेको छ । हामी देश र जनताको पक्षमा एकजुट भएर आवाज उठाउने पक्षमा छौँ’, ती नेताले भने ।

दुई दलको गठबन्धनमा अन्य साना दलहरू त्यतिकै नमिसाइएको भन्दै यसका कारणको खोजी गर्ने निर्णय तीन दलले गरेका छन् ।  यो गठबन्धनका जटिल पक्षहरू पत्ता लगाएर त्यस सम्बन्धी छलफल गरेर ध्यानाकर्षण गराउने सहमति भएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू