सर्वोच्च परिसरमा प्रहरी कुट्ने महिला पक्राउ

387

काठमाडौं – सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेपछि एक महिला पक्राउ परेकी छिन् ।

सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेकी थिइन् ।

सर्वोच्च स्रोतका अनुसार फैसलाको नक्कल लिनका लागि आएको बताएपनि आफूलाई वकिल तथा वारेस बताउने ती महिलाले आफ्नो परिचय पत्र देखाउन नमानेपछि सुरुमा कर्मचारीसँग सवाल जवाफ भएको थियो ।

विवाद चर्किएपछि त्यहाँ पुगेका पुरुष प्रहरीलाई पनि जथाभावी बोलेपछि उनले महिला प्रहरीलाई बोलाएका थिए । महिला प्रहरीले उनलाई कार्यालयको कोठाबाट बाहिर निस्कन आग्रह गरिरहेकाबेला कपालमा समातेर भुत्ल्याउन थालेकी थिइन् ।

स्रोतका अनुसार प्रहरीमाथि हातपातमै उत्रिएकी चौधरीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । चौधरीको अप्रत्यासित हर्कत पछि थप जानकारी लिन त्यहाँ सर्वोच्चमा तैनाथ एसपी विनोद सिलवाल पनि पुगेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू