काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्।
बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले सबैलाई पुस्तकालय बनाउनका लागि सघाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेको र राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारसम्म पुस्तक अटाउने बताएका छन्। साथै पत्नी राधिकाको सुझाव अनुसार त्यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्न आग्रह गरेका हुन्।
लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्।
प्रधानमन्त्री ओलीको फेसबुक स्टाटस जस्ताको तस्तै –
बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो ( यहाँ पिपुल्स लाइब्रेरी बनाऔं।
त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ।’