गृहमन्त्री गुहार्दै शिक्षामन्त्रीले भनिन् – त्रिवीमा सुरक्षा चाहियो

122

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् ।

गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् ।

आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री एवंविश्व विद्यालयको कुलपति र कांग्रेसको गृहमन्त्री भएको अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाट त्रिवीका पदाधिकारीको सुरक्षाको प्रबन्ध गरिदिन गुहार मागेकी हुन्।

मंगलबार बिहानै सामाजिक सञ्जालबाट भट्टराईले भनेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्री सँग जोडदार माग गर्दछु।’

समाचार वर्गहरू