कपिलवस्तुमा बस दुर्घटना हुँदा ३० जना घाइते, १३ जनाको अवस्था गम्भीर

75

काठमाडौं – कपिलवस्तुमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १५९८ नम्बरको बस आज बनकसबासामा दुर्घटना भएको हो ।

गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पठाइएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीले जानकारी दिए ।

यस्तै घाइतेमध्ये दुई जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा बस चिप्लिएर पल्टिएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघी बढाएको छ ।

 

समाचार वर्गहरू