काठमाडौं – काभ्रेमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी रोशी गाउँपालिका वडा नम्बर ९ नार्केका १० घर बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।
सो घटनामा मानविय क्षती भए नभएको बारे जानकारी आइनसकेको उनले बताए ।
उनले भने– ‘रोशी खोला किनारामा रहेका लगभग १०–१२ घर बाढीले बगाएको छ । बिहानको समयमा बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ । उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जान सक्ने अवस्था छैन । त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन । त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’
रोशीकै बाढिका कारण विपी राजमार्ग कटान गरेपछी बनेपा-बर्दिवास सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।