प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

47

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन्।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आइतबार बिहान १० बजे माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

यसअघी आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्। सिंहले दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्। अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको जनाइएको छ ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ ।

समाचार वर्गहरू