रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

144
फाइल फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सो सहकारीको रकम पनि गोर्खा मिडियो नेटवर्कमा गएको पाइएपछि रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि प्रारम्भिक अनुसन्धान भएको थियो। हाल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धानलाई तीब्रता दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका उनीहरू सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिएर हाल हिरासतमा छन्।

समाचार वर्गहरू