रुकुमपश्चिममा एक महिलाले गरिन् आफ्नै श्रीमानको हत्या

158

काठमाडौं – रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाए अनुसार चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेकी हुन् ।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ। उनका अनुसार चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

समाचार वर्गहरू