काँग्रेसको कोशी प्रदेश सम्मेलन शेखर कोइरालाद्धारा बहिष्कार….

39

काठमाडौं । नेपाली काँग्रेसको आयोजनामा भएको कोशी प्रदेश सम्मेलनलाई काँग्रेस नेता शेखर कोइरालाले बहिष्कार गरि चितबन गएका छन् । सो सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शशांक कोइरालाको साथमा विराटनगरको कोइराला निवासमा पुगेपनि शेखरले सम्मेलन बहिष्कार गरि चितवन गएको बताइएको छ । गृहप्रदेशको सम्मेलन विराटनगरमा शनिबार उद्घाटन भएपनि कांग्रेसमा इतर पक्षको नेतृत्व गर्दै आएको शेखरले भने बहिष्कार गरेका हुन ।

सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगरमै रहेका छन्। १४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइराला वरियतामा चित्त नबुझाएर आज छुट्टै कार्यक्रमका लागि चितवन गएको बताइएको छ ।

कोइराला सचिवालयका अनुसार चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीको बुवा स्व. टेकबहादुर लोहनी र अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने चितवन गएको बताइएको छ । शेखरले पार्टीको निर्देशनविपरित कोशीमा १८ कोशी प्रदेश सभापतिहरुको भेला राखेर आफ्नो शक्ति देखाइसकेका छन्।

समाचार वर्गहरू