बीआरआई कार्यान्वयनसम्बन्धी नेपाल-चीन सम्झौतापत्र सार्वजनिक, (पूर्णपाठ)

33

काठमाडौं – नेपाल र चीनबीच हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार सम्झौताको कपी सार्वजनिक गरेको हो ।

सत्तारुढ कांग्रेसका केही नेतादेखि अमेरिकी विदेश सहायकमन्त्रीले समेत बीआरआई कार्यान्वयन सम्झौताका बुँदाहरु सार्वजनिक नभएको भन्दै पारदर्शिताको प्रश्न उठाएकोमा सरकारले सम्झौता सार्वजनिक गरेको हो ।

बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौताका बुँदाहरुबाट बुझ्न सकिन्छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ ।

बीआरआईअन्तर्गत ऋण नलिने भनेर नेपालमा बहस चलेकोमा सम्झौतामा ऋण उल्लेख छैन । बीआरआईमार्फत नेपाल र चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यलगायत विषय समेटिएका छन् ।

सम्झौताको पूर्ण पाठ मन्त्रालयको यो वेबसाइटमा हेर्न सकिन्छ ।

सम्झौतापत्रकाे पूर्ण पाठकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

समाचार वर्गहरू