काठमाडौं – कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गराएका छन्।
अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिए। यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ।
‘सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु, बाइडेनले विज्ञप्तिमा भने, लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दैछु।’
ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ।
‘अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो। राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ, बाइडेनले भने। एजेन्सी