रवि लामिछानेको सांसद पद निलम्बित

82

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छ। संसद सचिवालयले सूचना टास गर्दै चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको संसद पद निलम्बनमा परेको जानकारी दिएको हो।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध हिजो सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ ।

संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति सुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनामा ईंगित गरिएको छ ।

null

समाचार वर्गहरू