काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ।
त्यस्तै मालबाहक सवारीसाधनको पनि भाडा वृद्धि गरिएको छ। पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ०.८१ प्रतिशत र तराईमा चल्ने सवारीमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको हो।
‘नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नं २० र अनुसूची ९ को बुँदा नं १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१।०९।२२ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी देहाय अनुसार भाडादर समायोजन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।