काठमाडौं – सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेकी लीला पछाईलाई ३७ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ६५ लाख र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।