वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई सात दिन हिरासतमा राख्न अनुमति

65

काठमाडौं – काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद पाएको छ । बुधबार भएको घटनालगत्तै कुट्ने व्यक्ति ललितकुमार केसी पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले  उनीविरुद्ध ज्यान मार्ने उद्योगमा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताए।

अनुसन्धानमा स‌ंलग्न एक प्रहरी अधिकारीले थुनामा रहेका केसीले हातपात गर्नुको स्पष्ट कुनै कारण बताएका छैनन् । उनले भने, ‘रास्वपासँग उनको सम्बन्ध छ कि छैन भन्ने र उनले किन हातपात गरे भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधवार आक्रमण भएको थियो।

आफूमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै त्रिपाठीले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले उक्त घटनामा स‌ंग्लन अरू व्यक्तिको पनि खोजी गरिरहेको छ ।

समाचार वर्गहरू