दिनेश त्रिपाठीमाथि कुटपिट प्रकरणमा एक युवक पक्राउ

52

काठमाडौं – प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा हुम्लाका एक जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी रहेको प्रहरीले जनाएको छ।

पाण्डेलाई टोखा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा यसअघि दोलखा तामाकोशी गाउँपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ललितकुमार केसीलाई पक्राउ गरेको थियो।

पक्राउ परेकामाथि ज्यानमार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनमाथि प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ। साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी जारी रहेको प्रहरीको भनाइ छ।

समाचार वर्गहरू