काठमाडौं – चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ।
बुधबार उनको थुनछेक बहस नसकिएपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो।
लामिछाने बुधबार बिहान अदालतमा उपस्थित भएका थिए। सहारा चितवन सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
लामिछानेले तीन वटा जिल्ला अदालतबाट धरौटी रकम बुझाए रिहा भएका छन्। काठमाडौँ, पोखरा र रूपन्देही जिल्ला अदालतमा धरौटीमा रिहा भएका रविले २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइ सकेका छन्।