शनिबार बिहानै खानेपानी मन्त्रीको कार्यकक्ष खरानी

107
फोटो रासस

काठमाडौं – काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी हुँदा मन्त्रीको कार्यकक्ष खरानी बनेको छ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान ८:३५ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको बताए। उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत छ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन भने तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरणसमेत आइसकेको छैन।

समाचार वर्गहरू