कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि

97

काठमाडौं – यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले जनाएको छ।

वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो ।

कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो । रासस

समाचार वर्गहरू