पूर्वविशिष्टलाई सुविधा दिने तयारी छैन – उपप्रधानमन्त्री सिंह

21

काठमाडौं – उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विषयमा भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारेका हुन्।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको दाबी सिंहको छ। सिंहका अनुसार २०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो। अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारेका हुन्।

सरकारविरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएको भन्दै उपप्रधानमन्त्री सिंहले यथार्थ बुझ्नुपर्नेमा जोड दिए। उनले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन्।

समाचार वर्गहरू