अब साँझको समयमा लोडसेडिङ हुन्छ – ऊर्जामन्त्री खड्का

115

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब साँझको समय लोडसेडिङ हुने बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताए।

भारतबाट विद्युत् आयात गरेर धान्नसक्ने अवस्था अब नरहेको उनको भनाइ छ। मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे। उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे।

समाचार वर्गहरू