(काठमाडौं) – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ३६ हजार श्रमिक सूचीमृत भएका छन् । यस्तै शुक्रबारसम्म १२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । हाल सम्म प्रदेश ३ बाट सबै भन्दा बढी श्रमिक र रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।
शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश ३ बाट ९८ हजार १ सय ९७ श्रमिक कोषमा सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । प्रदेश १ बाट २१ हजार ३ सय २१, प्रदेश २ बाट सात हजार ८ सय ३२, गण्डकी प्रदेशबाट पाँच हजार १ सय ४४, प्रदेश ५ बाट तीन हजार २ सय ९०, सुदूरपश्चिमबाट ४ सय ६१ र कर्णाली प्रदेशबाट १ सय ६९ श्रमिक कोषमा सूचीकृत भएका छन् ।
सबैभन्दा बढी प्रदेश ३ बाट ८ हजार १९, प्रदेश १ बाट एक हजार ८ सय ६०, प्रदेश ५ बाट ८ सय ५९, गण्डकी प्रदेशबाट ५ सय ५३, प्रदेश २ बाट ४ सय ७२, सुदूरपश्चिमबाट १ सय २८ र कर्णाली प्रदेशबाट सबैभन्दा कम १ सय २० रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।
सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । हालसम्म ४१ करोड ९४ लाख १६ हजार योगदान रकम संकलन भईसकेको कोषले जनाएको छ । योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेका छन् । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।