चिनमा रोबोटले पीएचडी गर्ने

84

बेइजिङ – चीनको संघाई थिएटर एकेडमीले ज्यूबा ०१ नामको रोबोटलाई उसको पीएचडी प्रोग्राममा प्रवेश गराएको छ । यो विश्वको पहिलो रोबोट हो जो डाक्टर बन्ने मौका प्राप्त भएको छ । यो रोबोटले चीनी ओपेरामा पीएचडी गर्नेछ ।

यो रोबोटको लम्बाई १.७५ मिटर र तौल ३० किलो रहेको छ । उसको बाहिरी आवरण सिलिकनको भएकोले उसको अनुहारमा हाउभाउ पनि देखिने गर्छ । यो रोबोट १४ सेप्टेम्बरदेखि कलेज जान शुरु गर्नेछ ।

यो पीएचडी प्रोग्राम चार वर्षको हुनेछ । यसमा स्टेज पर्फोर्मेन्स, स्क्रिप्ट राइटिङ र सेट डिजाइनको साथै मोशन कन्ट्रोल, ल्यान्ग्वेज जनरेशन जस्ता टेक्निकल विषय सामेल छन् ।

रोबोटलाई पीएचडी गर्नका लागि भर्चुअल स्टुडेन्टको आईडी पनि दिइएको छ । उसका मेन्टर प्रोफेसर यांग किंगकिंगलाई बनाइएका छन् । एजेन्सी

समाचार वर्गहरू