बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

116

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले भदौ १८ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उक्त मितिमा संसद बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् ।

साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

उनले गत साउन २० मा संविधानको धारा १६८ को उपधारा ९२० बमोजिमको सरकारको नेतृत्व ग्रहण गरेका थिए ।

समाचार वर्गहरू