वातावरण प्रदूषणका कारण अष्ट्रेलियन ओपन नै प्रभावित

93

(एजेन्सी) – अष्ट्रेलियामा गत जुलाईबाट सुरु भएको आगजनीका कारण वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको क्वालिफायर खेलहरु प्रभावित भएका छन् ।

भारी वर्षा भएपनि आगलागी पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेपछि वातावरण प्रदूशित बन्दा खेलहरु नै स्थगित भएको हो । दूषित हावाका कारण ३ घण्टाका लागि स्थगित आजका खेलहरु भारी वर्षा पछि भोलीका लागि सारिएका छन् । हिजोपनि वायु प्रदुषणका कारण खेलहरु प्रभावित भएका थिए ।

बुधबारका अधिकांश खेलहरु बिहीबार मात्र हुने भएपछि अष्ट्रेलियन ओपनको खेल तालिका नै प्रभावित हुने सम्भावना देखिएको छ । अष्ट्रेलियन ओपनका औपचारिक खेलहरु भने आगामी सोमबार बाट सुरु हुँदैछ ।

साढे ५ महिनादेखिको आगलागीका कारण अष्ट्रेलियामा २८ जनाको मृत्यु भएको छ । पछिल्लो समय लगातारको वर्षाले आगलागी नियन्त्रण उन्मुख भएको बीबीसीले जनाएको छ ।

समाचार वर्गहरू