कार्यकक्षमै बालिका करणी गरेको आरोपमा प्रिन्सिपल पक्राउ

79

काठमाडौं – कार्यकक्षमै छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी हुन् ।

बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षिय प्रिन्सिपल युवराज श्रेष्ठलाई १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पीडितको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

१४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।

प्रहरीका अनुसार प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आङ्खनै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएकी थिइन् ।

उजुरी दर्ता भए लगत्तै श्रेष्ठलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

समाचार वर्गहरू