रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँछ – एमाले

77

काठमाडौं – नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नाटकरीय ढंगले राजनीतिक रङ्गमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ ।

‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाए’ गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाको चर्चा गर्दै भनिएको छ ।

रास्वपा तलाउमा उठेको तरंग जस्तै सेलाउने ठोकुवा एमालेले आफ्नो दस्तावेजमा गरेको हो । ‘विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको एमालेलाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहिन गठबन्धन र त्यसले सिर्जना गरेका राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो,’ अगाडि भनिएको छ, ‘समाजको यही मनोविज्ञानलाई पपुलिस्टहरूले राम्रैसँग दुरुपयोग गरे ।’

एमालेले रास्वपासँग प्रश्न र समस्या भए पनि उत्तर र समाधान नभएको पार्टी भनेको छ । ‘उनीहरुका हातमा प्रश्नहरू थिए, उत्तर थिएन । हातमा समस्याको चाङ थियो तर समाधानको कुनै विकल्प थिएन । न कुनै वैचारिक-राजनीतिक स्पष्टता । न विगतको कुनै विरासत र योगदान न कुनै सुस्पष्ट गन्तव्य । न त निश्चित वर्गआधार र लक्षित समूह,’ दस्तावेजमा भनिएको छ ।

समाचार वर्गहरू