कर्फ्यू भोलि बिहान ६ बजेसम्म, तोडफोड, लुटपाट, आक्रमण गरे कडा कारबाही गरिने

87

काठमाडौं – नेपाली सेनाले आज बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । सेनाले मुलुकमा उत्पन्न विपद् परिस्थितिका कारण शान्ति सुरक्षा कायम राख्न आज बेलुकी ५ बजेसम्म कर्फ्यु लगाएको हो ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार आज लागू भएको निषेधाज्ञा भोलि (भदौ २६) बिहान ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि पनि अवस्थाको समीक्षाअनुसार थप निर्णय हुने बताइएको छ ।

आन्दोलनका नाममा अराजक गतिविधि, तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा व्यक्तिलक्षित आपराधिक कार्यहरू भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएकाले कर्फ्यु जारी गरिएको सेनाको भनाइ छ ।

कर्फ्यु तथा निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन सञ्चालन हुने र आवश्यक सहजीकरणको लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले जनाएको छ ।

समाचार वर्गहरू