सेनाको गोली लागेर धादिङमा दुई जनाको मृत्यु

74

काठमाडौं – धादिङमा गोली लागेर दुई कैदीको मृत्यु भएको छ। सुरक्षाघेरा तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षामा खटिएको नेपाली सेनाले गोली चलाएको थियो।

गोली लागेर अन्दाजी ७५ वर्षीय बेनीघाट धादिङका जीतबहादुर घले र सुनवल नवलपरासी पश्चिमका ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए। घले जबर्जस्ती करणी र डाला लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका थिए।

बिहान ९ बजेदेखि नै बाहिर निस्कने प्रयास गरेपनि दिउँसो १ बजेर १८ मिनेटमा उनीहरूले विद्रोह गरेका थिए। उनीहरूलाई रोक्न अनेकन प्रयास गर्दा असम्भव भएपछि गोली चलाउनु परेको प्रजिअ सुवेदीले बताए।

स्थिति नियन्त्रणमा लिनेक्रममा ६ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ। कैदीबन्दीले सेनामाथी नै आक्रमण गर्न थालेपछि बाध्य भएर गोली चलाउनु परेको प्रजिअ सुवेदीले बताए।

समाचार वर्गहरू