काँग्रेस महामन्त्रीद्वयले भने– सभापति देउवा उपर भएको आक्रमण निन्दनीय

51

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा उपर भएको आक्रमणको भर्त्सना गरेका छन् ।

बुधबार थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै देउवा उपर भएको आक्रमण अमानवीय दुःखद र निन्दनीय भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रष्ट शब्दमा भर्त्सना गर्दछौं ।’

समाचार वर्गहरू